Advertisement

२६ अध्याय_श्री स्वस्थानी वाचन (Twenty-sixth Chapter) #AchyutGhimireBulbul #ShreeSwosthaniBachan

२६  अध्याय_श्री स्वस्थानी वाचन (Twenty-sixth Chapter) #AchyutGhimireBulbul #ShreeSwosthaniBachan #AchyutGhimireBulbul #ShreeSwosthaniBachan

पौष शुक्ल पूर्णिमाका दिनदेखि माघ शुक्ल पूर्णिमाको दिनसम्म, हरेक दिन बेलुकी ६ बजे, यसै युट्युब च्यानलबाट प्रेमियर भइरहेको छ । तपाईंले सुनिरहनुभएको यो आजको वाचन #छब्बिसौँ अध्याय (श्री स्वस्थानी व्रतवर्णन) को वाचन हो ।
नेपालमा वाचन परम्परामा स्वस्थानीको उच्च महत्व छ । धर्म र पुराणमा युग र समयसापेक्ष कुरा हुन्छन् । काल र परिस्थिति अनुसार सबै विषयको आफ्नै महत्ता हुन्छ । सानैदेखि स्वस्थानी सुनेर हुर्किएको मेरो वाचन कला विकासमा यो पुस्तकको ठूलो देन छ । केटाकेटी उमेर हुँदा जानेर नजानेर जसरी सुनियो र जसरी पढियो, त्यसले एउटा परम्परामा बसाएको थियो । वाचन वा श्रुति साहित्यमा महत्वपूर्ण पुस्तक स्वस्थानीले धेरै नेपालीहरुमा पठन संस्कृति, नैतिकता, उपासना, धर्मको महत्व, हिन्दूहरुका आराध्यदेव शिवको स्तुति र वर्णन जस्ता कुराहरुको ज्ञान दिएको छ । रेडियोमा दुई दशकदेखि साहित्यिक कार्यक्रम, त्यसमा पनि गद्य वाचनको मेरो निरन्तरतलाई धेरैले माया गरिदिनुभएकोले तिनै माया गर्ने श्रोताको अनुरोध र सुझावलाई पालना गर्दै यो पुरानो ग्रन्थलाई वाचन गर्ने कोशिश गरेको छु । श्री स्वस्थानी व्रतकथामा उल्लेख गरिएझैँ पौषशुक्ल पूर्णिमाका दिनदेखि माघशुक्ल पूर्णिमाका दिनसम्म मेरो यो YouTube.com/ghimireachyut युट्युब च्यानलबाट हरेक दिन बेलुकी एक अध्याय प्रेमियर गर्नेछु । _____________________________________________________________________________
बजारमा श्री स्वास्थानी व्रतकथाका विभिन्न पुस्तकहरु उपलब्ध छन् । कतिपय पुस्तकमा केही कथाका प्रसंग र अध्याय आफ्नै शैलीबाट राखिएका भेटिन्छन् । त्यसैले मैले बजारमा उपलब्ध पुस्तकहरुकै माध्यमबाट यो वाचन श्रृंखला प्रस्तुत गर्ने भएकाले मेरा कमी कमजोरीहरुलाई सुझाव दिएर सहयोग गरिदिनुहुन सबै वाचनप्रेमी वा स्वस्थानीप्रेमी श्रोता वर्गमा हार्दिक अनुरोध गर्दछु । तपाईंलाई यो वाचन श्रुंखला राम्रो लाग्यो भने आफ्ना साथीभाइ, छिमेकी, इष्टमित्र, विदेशमा बसेका स्वस्थानी सुन्न इच्छुकहरुलाई सेयर गरिदिनुहुन अनुरोध छ । _________________________________________________________________________________
मेरो यो च्यानलको प्रस्तुति मन पर्यो भने च्यानल Subscribe गरिदिनुहुन पनि विनम्र अनुरोध गर्दछु ।

अच्युत घिमिरे बुलबुल,श्री स्वस्थानी व्रतकथा,अच्युत घिमिरे,स्वस्थानी वाचन,श्रुति संवेग,उज्यालो रेडियो नेटवर्क,बुलबुल,Achyut Ghimire Bulbul,Achyut Ghimire,Shruti Sambeg,Bulbul,Ekal Kabita Bachan,Shree Swosthani,Swosthani recitation,Ujyaalo Radio Network,Ujyaalo 90 Network,Manas Sansar,

Post a Comment

0 Comments